अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 01:13

मनोविद भन्छन्  – ट्रम्प दम्पतिको सम्बन्ध सुमधुर छैन !

बिआरटीनेपाल २०७५ पुष ४ गते ५:१४ मा प्रकाशित

चारैतिर क्रिसमसको माहोलमा अमेरिकी उच्च घरानियाँ जोडीको तस्बिर कस्तो देखिन्छ ? उनीहरु आफ्ना सुभचिन्तकलाई क्रिसमसको शुभकामना दिँदै गर्दा कसरी प्रस्तुत हुन्छन् त ? यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी पत्नि मेलानियाको तस्बिरलाई लिएर अनेक टिप्पणी भएको छ । खासगरी यो जोडीले आफ्नो महान चाडको अवसरमा शुभकामना स्वरुप तस्बिर खिचाउँदाको ‘मूड’लाई लिएर गम्भीर टिप्पणी भएको हो ।

यतिसम्म कि, ट्रम्प र मेलानियाले तस्बिरमा देखाएको मूडका आधारमा सम्बन्ध नै फितलो हुनसक्ने दावी गरिएको छ । एकजना ‘बडी ल्याङ्ग्वेज’ विज्ञले उनीहरुको मुखाकृति र शारिरिक हाउभाउका आधारमा विश्लेषण नै गरेको कुरा ‘दि ईडिपेन्डेन्ट’मा समाचार बनाइएको छ ।

चाडवाडको माहोलमा पनि ट्रम्प दम्पतिको तनावपूर्ण भावभंगिमाको तस्बिर सार्वजनिक हुनुले सम्बन्धमाथि नै आशंका गरिएको बताइएको छ । क्रिसमसको उपलक्ष्यमा सार्वजनिक भएको ट्रम्प दम्पतिको तस्बिरमा ट्रम्पले खासै मेलानियाप्रति कुनै आकर्षण नदेखाएको टिप्पणी ती विज्ञले गरेका छन् ।

‘बडी ल्याङ्ग्वेज एक्सपर्ट’ पाट्टी वूडले भनेका छन्, ‘यहाँ लुलो तरिकाले हात समाइएको छ । यदी नजिकबाटै नियालियो भने अस्वभाविक देखिन्छ । जहाँ हातको औँलो समेत अप्ठ्यारो गरी बाहिर निस्किएको छ । जुन अस्वभाविक तरिका हो ।’

ट्रम्प जोडीले ट्वीटरमा सार्वजनिक गरेको उक्त तस्बिरमा दुवैजनाले देखाएको भाव भंगिमाबारे विज्ञ वूडले यस्तो टिप्पणी गरेका हुन् । वूडका अनुसार उनीहरुबीच आकर्षण, आत्मियता र सुमधुर सम्बन्ध देखिँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू