अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

पत्रकार मारिने क्रम बढ्योः सीपीजे

बिआरटीनेपाल २०७५ पुष ४ गते ४:१६ मा प्रकाशित

पत्रकारहरुको अन्तर्रा्ष्ट्रिय संस्था कमिटी टु प्रोटेक्ट जर्ना्लिस्ट(सीपीजे)ले सन् २०१८मा गतवर्षभन्दा मारिने पत्रकारको संख्या बाढेको जनाएको छ। विश्वभरमा रिपोर्टिङकै क्रममा ३४जनासहित जम्मा ५३ जना पत्रकारले ज्यान गुमाउनु परेको सीपीजेले जनाएको हो ।  सीपीजेले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा इस्तानबुल स्थित साउदी दुतावासमा हत्या गरिएका पत्रकार जमाल खसोग्गीको हत्याले विश्व राजनीतिक परिवेशमै संवेदनशील विषय बनेको औल्याइएको छ। उक्त हत्यामा साउदी राजकुमार महम्मद विन सलमान संलग्न रहेको आरोप लाग्दै आएको छ।

सीपीजेका अनुसार यो वर्ष अफगानस्थान पत्रकारका लागि सबैभन्दा खतरनाक मुलुक भएको छ जहाँ १३ पत्रकारले ज्यान गुमाएका छन्। त्यहाँ स्लामिक स्टेटले गराएका आत्मघाती बम हमला, शैन्य कारबाहीलगायतका आवस्थामा पत्रकार जोखीममा पर्ने गरेको औल्याइएको छ।
सीपीजेले गत जुन २८मा मेरिल्याण्डस्थित क्यापिटल गजेटको कार्यालयमा भएको आक्रमणलाई पनि गत वर्षको सम्बेदनशील घटना भनेको छ। पत्रिका विरुद्ध मानहानी सम्बन्धी मुद्दा हारेपछि उक्त आक्रमण भएको जनाइएको छ।

यो वर्ष पत्रकारलाई बन्दी बनाउने क्रम पनि बढेको प्रतिवेदनमा उल्लेख छ। टाइम म्यागेजिनले गत साता जेलमा राखिएका र हत्या गरिएका पत्रकार लाई वर्ष व्यक्ति वर्षका रुपमा सम्मान गरेको थियो। यसमा खसोग्गीसहित फिलपिन्सको जेलमा बन्दी बनाइएकी मारिया रेसा, म्यानमारमा बन्दीबनाईएका वा लोन र क्यावु सो ओ तथा क्यापिटल गजेटका कर्मचारीलाई वर्ष व्यक्ति भनिएको थियो।

सीपीजेले आफ्नो प्रतिवेदनमा स्लोभाकियामा भ्रष्टाचारको रिर्पो्टिङमा रहेका अनुसन्धान संबाददाता जान खुचिक माथि भएको गोली प्रहार,तथा माल्टामा यस्तै अनुसन्धानमै रहेका पत्रकार डाफ्ने करुआना गालिजाको कारमा विष्फोट गरी हत्या गरेको लाई गम्भीर घटनाका रुपमा औल्याइएको छ।प्रतिवेदनमा मेक्सिकोमा कम्तिामा ४ जना ब्राजिलमा २ र प्यालेस्टाइजनमा २ जना पत्रकार मारिएको उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू