अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

नेपाल वायुसेवा निगम प्रवक्तामा बरिष्ठ क्याप्टेन विजय लामा नियुक्त

बिआरटीनेपाल २०७५ पुष ४ गते ४:०४ मा प्रकाशित

नेपाल वायुसेवा निगमको प्रवक्तामा बरिष्ठ क्याप्टेन विजय लामा नियुक्त हुनुभएको छ । निगम बोर्डले मंगलबार उहाँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

बुधबारदेखि उहाँले पाइलटका साथै प्रवक्ताको जिम्मेवारी समेत लिनुभएको छ । निगमको सहप्रवक्ताका रुपमा भने नवराज कोइरालाले जिम्मेवारी पाउनुभएको छ । यस अघि निगमको प्रवक्ता अशोक सिग्देल र सहप्रवक्ताका रुपमा शैलेस कंसाकार रहनुभएको थियो ।

संस्थालाई प्रभावकारी बनाउने उद्देश्यसहित निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जिम्मेवारी बाँडफाँड गर्नुभएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू