अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

सोमालियामा अमेरिकी सेनाले गरेको कारवाहीमा ६२ लडाकूको मृत्यु

बिआरटीनेपाल २०७५ पुष ३ गते ७:०८ मा प्रकाशित

अमेरिकी सेनाले सोमालियामा गरेको कारबाहीमा कम्तिमा ६२ जना लडाकूको मृत्यु भएको छ । राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा अल–शबाबका लडाकुको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ ।

अमेरिकी सेनाले शनिबार गरिएको चार वटा हवाई हमलामा ३२ जना र आइतबार गरिएका दुई वटा हवाई हमलामा २८ जना लडाकूको मृत्यु भएको जनाएको छ । अमेरिकी सेनाले हमलामा सर्वसाधारण भने कोही पनि नपरेको दाबी गरेको छ ।

अमेरिकाले सन् २०१७ को नोभेम्बरदेखि सोमालियाका लडाकूविरुद्ध कारबाही चलाउँदै आएको छ । अहिलेसम्म कम्तिमा १ सय जना लडाकू मारिएको अमेरिकी सेनाले जनाएको छ । तर, ब्यूरो अफ इन्भेस्टिकेसन जर्ना्लिजमको तथ्यांक अनुसार सन् २०१७ को सुरुदेखि हुन थालेको हमलामा कम्तिमा ४ सय मानिस मारिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा अमेरिकी सेनालाई सोमालियाका चरमपन्थीविरुद्ध आक्रमण गर्न आदेश दिनुभएकोे थियो । सन् १९९३ मा मोगादिसुमा चरमपन्थीसँगको भिडन्तमा १८ जना अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिका र सोमालियाबीच संयुक्त सैन्य कारबाही सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू