अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

काँग्रेस महासमिति बैठकमा ‘हात हालाहाल’, महासमिति सदस्यहरु आक्रोसित

बिआरटीनेपाल २०७५ पुष ३ गते ६:२५ मा प्रकाशित

काँग्रेस महासमिति बैठकमा हात हालाहाल भएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा हात हालाहालको अवस्था सिर्जना भएको हो ।

मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा. प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको हातबाट माइक खोसेपछि तनाव भएको थियो । बैठकमा उपस्थित एक नेताका अनुसार केसी बोलिरहेका बेला एकाएक डा. महत गएर माइक खोस्नुभएको थियो । त्यसपछि बैठकस्थलमा धकेलाधकेल समेत भएको थियो । त्यसक्रममा माइक पनि फुटेको जनाईएको छ ।

महत र केसीबीचको विवादमा अधिकाँश महासमिति सदस्यहरुले केसीको पक्षमा हुटिङ गरेका थिए । त्यसपछि विधान मस्यौदा पेश भएपछि मात्रै बैठक सञ्चालन गर्ने गरी स्थगित भएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार काँग्रेसको महासमिति बैठक आज सकिने थियो । तर, बैठक सकिने दिनसम्म पनि विधान मस्यौदामा सहमति जुट्न नसकेपछि बैठकमा विधान मस्यौदा प्रतिवेदन पेश नै हुन सकेको छैन । जसले गर्दा महासमिति सदस्यहरु आक्रोशित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू