अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

विधानमा सहमति खोज्दै कांग्रेस

बिआरटीनेपाल २०७५ पुष २ गते १८:५१ मा प्रकाशित

विधान मस्यौदामा सहमति जुटाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । विधानमा सहमति नजुटेपछि कांग्रेस महासमिति बैठक प्रभावित बनेको छ। सहमति जुटाउन आइतबारदेखि नै सुरु गरिएको संवादले कुनै नतिजा दिन सकेको छैन। बिहानै केन्द्रीय समिति बैठक बोलाइएको छ । आज सहमति गरेर विधान पेश हुने महामन्त्री प्रकाशशरण ममतले जानकारी दिए ।

यसअघि हप्तौँसम्म चलेको केन्द्रीय समिति बैठकले पनि विधान मस्यौदाबारे शीर्ष नेताबीच सहमति जुटाउन सकेको थिए। बरु महासमितिमै लगेर त्यसलाई पारित गर्ने सहमति गरिएको थियो।

पार्टीको नयाँ विधानमा पदाधिकारी संख्या बढाउन नेताहरु सहमत भए पनि मनोनित र निर्वाचित गर्नेमा मत बाँडिएको छ। सभापतिले केन्द्रीय समितिमा मनोनित गर्ने प्रतिशत, समानुपातिक समावेशी सूची मिलाउनेलगायतका विषयमा सोमबार अबेरसम्म सहमति हुन सकेन। ‘पदाधिकारी मनोनित कि निर्वाचित भन्ने विषय अहिलेको किचलो हो। नेताहरुको विवादले महासमिति बैठक एकदिन लम्बिएको छ। मंसिर २८ मा आरम्भ भएर मंगलबार सकिने भनिएको बैठक विधान मस्यौदामा सहमति जुट्न नसके पछि बुधबारसम्मका लागी लम्विने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू