अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

पत्रकार अधिकारी सम्मानित

बिआरटीनेपाल २०७५ पुष २ गते ६:२५ मा प्रकाशित

काठमाडौँ: विगत लामो समय देखि मोफसलको जिल्लामा रहेर पनि नेपाली कला सङ्गीत र चलचित्र क्षेत्रको विकास बिस्तार अनि नयाँ कलाकारको खोजी गर्दै निरन्तर पत्रकारिता क्षेत्रमार्फत योगदान दिएको भन्दै पत्रकार किरण अधिकारी सम्मानित भएका छन् ।

पीम नेपालद्वारा आयोजित पीम नेपाल डकुमेन्ट्री फिल्म फेस्टिभलको उद्घाटन समारोहमा अधिकारी सम्मानित भएका हुन् । फेस्टिभल उद्घाटनको अवसरमा आयोजित विशेष समारोहमा गणतन्त्र नेपालको प्रथम उपराष्ट्रपति परमान्नद झाले अधिकारीलाई सम्मानित गर्नु भएको छ । साथै मोफसलमा रहेर पनि नेपाली पत्रकारिता क्षेत्रको बृहत्तर विकासको लागि पुराएको योगदानको समेत कदर गर्दै अधिकारीलाई पीम नेपाल पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित गरिएको आयोजक समितिको अध्यक्ष कमाल जोशीले बताउनुभयो ।

पत्रकार अधिकारी सुन्दरादेबी सन्देश साप्ताहिकको प्रकाशक ,सुन्दरादेबीन्युज डट कामको सम्पादक तथा नेपाल प्रेस युनियन नुवाकोटको अध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू