अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

पूर्व राजा हेर्न पोखरामा लडाई (भिडियो)

बिआरटीनेपाल २०७५ पुष २ गते ६:१९ मा प्रकाशित

पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आउँदा धेरै सर्मथकहरुले भेट्न त के देख्न समेत पाएनन् । पूर्व निर्धारित समय भन्दा केही ढिला आएका उनी पोखरा विमानस्थलमा पत्रकार, हिन्दु धर्म समर्थक, राजसंस्थाको पक्षमा वकालत गर्नेहरू, राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरू साथै सर्वसाधरणहरुको ठुलो घुइँचो थियो ।

विशिष्ट कक्षबाट निस्केपछि बलियाहरू पूर्वराजाको नजिक गए । कमजोर र साना ज्यान भएकाहरू पछाडि धकेलिए ।

पत्रकारको पङ्क्ति ठुलो मात्रामा उपस्थित थियो तर क्यामराका साथमा उनीहरूले ज्ञानेन्द्र शाहको भिडियो र तस्बिर राम्रोसँग लिन पाएनन् । ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्न, फुल दिन, माला लगाउन लाइनमा बसेकाहरू माला चुँडाएर फुल मात्र माथिबाट बर्साएका थिए । भीडमा ज्यान जोखिम बनाएर घुस्नेहरूले मात्र शाहलाई देख्न पाए अरू उपस्थितहरू भने टाढाबाट तछाड्मछाड् गर्दै बाहिरिएको भिड हेरेर चित्त बुझाए ।

प्रतिक्रिया