अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२९ | Colorodo: 11:44

निर्माला पन्तलाई न्याय माग्दै मेलीनाले सार्वजनिक गरिन भिडियो

बिआरटीनेपाल २०७५ पुष १ गते १२:०० मा प्रकाशित

गीतकार प्रलाद शाहको शब्द रहेको मेरी आमा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । मेलीना राईको आवाज रहेको गीतमा सङ्गीत नवीन कार्कीको रहेको छ ।

पछिल्लो समयमा नेपालमा बतात्कार पछि हत्याका घटना सार्वजनिक भइरहेको अवस्थामा निर्देशक विकास सुबेदीले यसै विषयमा भिडियोलाई केन्द्रित गरेका छन् । रङ्गमञ्चकी चर्चित कलाकार शान्ति गिरी र ‘नाई न भन्नु ल ५’ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन् । भिडियोले निर्मला पन्तलाई न्याय होस भन्ने माग समेत गरेको छ । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । म्युजिक भिडियो मनोरञ्जनको साधन मात्र होइन समाजको कथा बोल्ने र जनता सँग प्रत्यक्ष जोडिने विषय भएकाले गहन विषयमा भिडियो तयार गरेको निर्देशक सुबेदीले बताए ।

प्रतिक्रिया