अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

ललितपुरलाई हस्तकला नगरि घोषणा

बिआरटीनेपाल २०७५ मंसिर २८ गते २०:१८ मा प्रकाशित

ललितपुर जिल्लालाई हस्तकला नगरि घोषणा गरिएको छ । नेपाल हस्तकला महासंघको ४६ औ वार्षिकोत्सव तथा ७ औ हस्तकला दिवसको अवसरमा विश्व कला परिषद् एशिया प्रशान्त क्षेत्रकी अध्यक्ष गादा हिज्वाईले ललितपुरलाई हस्तकला नगरि घोषणा गरेकी हुन ।

हस्तकला नगरि घोषणा गरेसँगै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान र गौरव वृद्धि हुने विश्वास लिइएको छ । ललितपुर क्षेत्रको भौतिक सम्पदाहरुको विकास पुननिर्माण तथा कला सस्कृतिको विकास भएर पर्यटन भित्र्याउन मद्दत पुग्ने महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू