अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

खाली खल्ती

राजन भण्डारी २०७५ मंसिर २८ गते १०:१९ मा प्रकाशित

मेरो चञ्चलता र सकृयता देखेर
तिम्रो हाड नभएको जिब्रोले
I love you भन्न खोज्ला
त्यति बेला धैर्य गरेर
मेरो गुण र दोष खोज्नु
किनकि म त दुनियाँलाई खुसी बनाउन हिँडेको मान्छे ।

मलाई भिआइपिहरुसँग नजिक देखेर
तिम्रो सुकोमल शरीरले
मलाइ अपनाउन खोज्ला
त्यति बेला तिमीले धैर्य गरेर
मेरो खल्तीको अवस्था थाहा पाउन खोज्नु
किनकि म नेपाल मै दुई खुट्टाले हिँड्ने मान्छे ।।

तिम्रो सुन्दर मन र संस्कार पनि
मेरो टुक्रा टुक्रा परेको मनले
तिम्रो प्रेम प्रस्ताव अस्वीकार गरिदेला
त्यति बेला तिमीले मन कठोर गरेर
मेरो दोष र खाली खल्ती सम्झनु
किनकि म अरूको खुसीको लागि आफ्नो लाई रुवाउने मान्छे ।

प्रतिक्रिया