अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

तलबबाहेक ८० प्रतिशत भत्ता माग गर्दै संसद्का कर्मचारी आन्दोलनमा

बिआरटीनेपाल २०७५ मंसिर २७ गते १९:१० मा प्रकाशित

काठमाडौँ – तलबबाहेकको ८० प्रतिशत भत्ता र दैनिक खाजा खाना खर्च कटौटी गरिएको भन्दै संघीय संसद्का कर्मचारी आन्दोलनमा उत्रिएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

आन्दोलनकै कारण शुक्रबारका लागि तया भएको १२ औँ संसद् दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ ।

संसद्का कर्मचारीले गत साउनसम्म तलबबाहेक ८० प्रतिशत भत्ता र खाजा खाना खर्च बुझ्दै आएका थिए । दोस्रो संविधानसभाका वेला कामको चाप भएको भन्दै उनीहरुलाई भत्ता र खाना खर्चको व्यवस्था गरिएको थियो ।

तर, अहिले कामको चाप सामान्य भएको भन्दै सरकारले गत साउनदेखि भत्ता कटौती गरेको थियो । त्यसबाट असन्तुष्ट कर्माचारी आन्दोलमा उत्रिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू