अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

ऋण जति नेपाललाई पैसा जति भारतमै

बिआरटीनेपाल २०७५ मंसिर २७ गते १९:०५ मा प्रकाशित

काठमाडौँ – सडकलगायत पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैबबाट निदे गरिएको ऋणमा अनेक सर्त राखिएका कारण न्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सोही सास्तीका कारण सन् २०१४ देखि खर्च गर्ने भनिएको ५५० डलर अझै खर्च हुन सकेको छैन ।

त्यसअघि सन् २०११ मा दुई देशबीचको सम्झौताअनुसारको २५० मिलियन डलर ऋण पनि करिब ७० प्रतिशत मात्र खर्च हुन सकेको छ ।

पछिल्लो समयमा नेपादमा सिमेन्टलगायत अन्य निर्माण सामाग्री उत्पादन बढे पनि एक्जिमबाट लिइएको ऋणको रकम खर्चेर सडक आयोजनाले आफूखुशी स्वदेशी निर्माण सामाग्री खरिद गर्न पाउँदैनन् । अधिकारीहरु नेपालले किन यस्तो सर्त राखेर एक्जिमसँग ऋण लिने सम्झौता गरेको होला भनेर अचम्म लागको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू