अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

इतिहासमै धेरै पर्यटक : ११ महिनामै १० लाख नेपाल आए

बिआरटीनेपाल २०७५ मंसिर २७ गते १९:०१ मा प्रकाशित

काठमाडौँ । मुलकुमा पर्यटक आगमन उत्साहजनक रुपमा बढेको आजको कारोबार दैनिकमा खबर प्रकाशित छ ।

सन् २०१८ को ११ महिनासम्ममा १० लाख १ हजार ९ सय ३० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यो इतिहासमै धेरै पर्यटक आगमन हो ।

यो वर्ष मासिक औसत ९१ हजार ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अध्यागमन विभागले दिएको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको सोही अवधिभन्दा १७ प्रतिशतले बढी हो ।

सन् २०१७ को ११ महिनामा ८ लाख ५७ हजार २ सय ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू