अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

नेपाली चलचित्र मदहोसको ‘दिलको पिँजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७५ मंसिर २७ गते ८:५२ मा प्रकाशित

काठमान्डौं, नेपाली चलचित्र मदहोसको ‘दिलको पिँजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतिमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

एस के अधिकारीको गीत, बाबुल गिरिको सङ्गीतमा नित्या शिवा र बाबुलकै आवाज रहेको छ, प्रियङ्का अधिकारी र दीपेन्द्र कोइरालाको फिचरिङ रहेको छ । सो गीतमा राजु शाहको नृत्य, विक्रम कार्कीको छायाङ्कन देव महर्जनको द्वन्द्व रहेको छ ।

मदहोस चलचित्रमा सन्तोष श्रेष्ठ, कसिस् दाहाल, राजु पौड्याल, हेम लता घिमिरेको अभिनय रहेको मदहोसमा एस के अधिकारीको लेखन र निर्देशन रहेको छ । आगामी नयाँ वर्षमा रिलिज गर्ने लक्ष्य सहित पोस्टको काम भएको निर्माण पक्षले बताएको छ ।

हेर्नुहोस् ‘ दिलको पिँजडा’ गीतको लिरिकल भिडियो ।

प्रतिक्रिया