अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५० | Colorodo: 18:05

अमेरिकी सिनेटमा साउदी अरबबारे बहस: छलफल खुल्ला राख्ने विषयमा बहुमत

बिआरटीनेपाल २०७५ मंसिर २७ गते ८:४४ मा प्रकाशित

साउदी पत्रकार जमाल खशोग्जीको हत्याको विषयलाई लिएर ट्रम्प प्रशासन र कङ्ग्रेसबीच तनाव जारी रहेको छ । सिनेटरबीच उक्त विवादका विषयमा छलफल हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा ६० र विपक्षमा ३९ मत परेको थियो । उक्त प्रस्ताव रिपब्लीकन सिनेटर माइक ली र स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले अघि सार्नुभएको थियो ।

खशोग्जीको हत्यामा साउदी राजकुमारको प्रत्यक्ष संलग्नता रहेको विभिन्न अनुसन्धानले देखाउँदै आएका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया अमेरिकीको असल मित्रको रुपमा रहेकाले राजकुमारमाथि आरोप लगाउन नमिल्ने तर्क राख्दै आउनुभएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री जेम्स म्याटिसले सिनेटको बैठकमा खशोग्जीको हत्या र यमनको द्वन्द्वको विषयमा बिहीबार जानकारी गराउनुहुनेछ ।

प्रतिक्रिया