अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

बेलायती प्रधानमन्त्री मे लाई विश्वासको मत प्राप्त

बिआरटीनेपाल २०७५ मंसिर २७ गते ८:३२ मा प्रकाशित

बेलायती प्रधानमन्त्री टेरिजा मेले पार्टी्भित्र विश्वासको मत प्राप्त गर्नुभएको छ । सत्ताधारी दल कन्जरभेटिभ पार्टीका सांसदहरुले दर्ता गरेको अविश्वासको प्रस्तावको सामना गर्दै उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । गएराति भएको मतदानमा प्रधानमन्त्री मेको पक्षमा २०० सांसदले मत दिएका थिए । उहाँको विपक्षमा ११७ मत परेको छ । विश्वासको मत प्राप्त गरेपछि पार्टिभित्र आगामी एक वर्षसम्म मे कोे नेतृत्वलाई चुनौती दिन पाइने छैन ।

पार्टीमा विश्वासको मत प्राप्त गर्न नसकेको भए उहाँ पद छाड्न बाध्य हुनुपर्ने अवस्था थियो । प्रधानमन्त्री मेको ब्रेक्जिट नीतिको विरोध गर्दै उहाँको पार्टीका ४८ जना सांसदले अविश्वासको प्रस्ताव पेश गरेका थिए । प्रधानमन्त्री मेले सन् २०१६ मा भएको जनमत संग्रहमा मतदातालाई उत्साहित गर्न नसकेको आरोप लगाउँदै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

पार्टीमा विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री मेले आफूले लिँदै आएको अडान सही भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले आफ्नो विपक्षमा मतदान गर्ने सांसदहरुका आवाजलाई पनि बेवास्ता नगर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू