अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४० | Colorodo: 10:55

पोखरा महानगरले थाल्यो अव्यवस्थित तार हटाउने अभियान

बिआरटीनेपाल २०७५ मंसिर २७ गते ८:२८ मा प्रकाशित

पोखरा महानगरपालिकाले सडकमा जथाभावी रूपमा टाँगिएका तार हटाउने अभियान थालेको छ । अव्यवस्थित तवरले टाँसिएका तारले सड्क कुरूप भएको र दुर्घटनाको जोखिम बढेपछि पोखरा महानगरपालिकाले तार हटाउन सुरू गरेको छ ।
अव्यवस्थित रूपमा टाँगिएका तारका कारण सर्वसाधारण मात्र हैन स्वयम महानगर पनि समस्यामा पर्दै आएको थियो । नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, टेलनेट प्रालि इन्टरनेट सेवा प्रदायक संस्था, केबल व्यवसायी लगायतका संस्थाहरूसहित मंगलबार महानगरमा बसेको बैठकले तार व्यवस्थापन गर्न सहजीकरण समिति गठन गरेको थियो ।

बिहिबार पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सिद्धार्थ चोकको पोलमा टाँगिएको तार काटेर तार हटाउने अभियानको शुरुवात गर्नुभयो । पहिलो चरणमा बीपी चोकबाट सभागृह हुँदै नयाँबजार र सिर्जना चोक, हल्लनचोकमा तार व्यवस्थित गर्ने योजना छ । मेयर जिसीले आफ्नो तार आफैं व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

तार व्यवस्थापनको राम्रो विकल्य अन्डर ग्राउन्ड गर्नु नै रहे पनि तत्काल सर्वसाधारणमा महानगर यसप्रति चिन्तित छ भनेर सकारात्मक सन्देश दिनु रहेको मेयर जिसीको भनाई छ । अव्यवस्थित तारका कारण पोखरामा दुर्घटनाको जोखिम बढ्दो छ । पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, महानगरका प्रशासकीय प्रमुख अधिकृत शेषनारायण पौडेलसहित बसेको बैठकले महानगरका उपसचिव तथा सूचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार सहजीकरण समिति गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू