अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 11:41

प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेरको नाम सिफारिस

बिआरटीनेपाल २०७५ मंसिर २७ गते ८:२७ मा प्रकाशित

सवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ । परिषद्को आज बिहान बसेको बैठकले जबराको नाम सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको लागि परिषदले जबराको नाम सिफारिस गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि दीपकराज जोसी र चोलेन्द्र शमशेरको नाम सिफारिस गरेको थियो। तर परिषदले यस अघि नै जोसीको नाम सिफारिस गरेकामा संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू