अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

काठमाडौं–निजगढ द्रुतमार्गको डिपिआर माघ दोस्रो साता तयार – उप–प्रधानमन्त्री ईश्वर पोखरेल

बिआरटीनेपाल २०७५ मंसिर २७ गते ८:२५ मा प्रकाशित

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) माघ दोस्रो साता तयार हुने बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले सो द्रुतमार्ग निर्माणको डिपिआर ग्लोबल टेन्डर आह्वान गरी कोरियाली कम्पनीलाई निर्माण गर्न दिइएको पनि स्पष्ट पार्नुभयो ।

बिहिबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बोल्दै उहाँले एसियाली विकास बैंकको फिजिबिलिटी स्टडी र नेपाल सरकारले स्वीकृत गरेको कार्य्विधिको आधारमा सो द्रुतमार्ग निर्माणको काम सुरू गरिएको पनि बताउनुभयो ।
डिपीआर तयार नभई सो द्रुतमार्ग निर्माण गरिएको भन्दै खोकना र बुङ्मतीका स्थानीयले विरोध गरिरहेका छन् ।

तर उपप्रधानमन्त्री पोखरेलले कानुनसम्मत ढंगले सरकारले सो द्रुतमार्ग निर्माणको काम सुरू गरिएको दाबी गर्नुभयो । सो द्रुतमार्ग निर्माणका लागि सरकारले वातावरणीय प्रभाव मूल्यांकन पनि स्वीकृत गरिसकेको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०७४ साल वैशाख २१ गते सो द्रुतमार्ग बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू