अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

काठमाडौं निजगढ फास्ट ट्रयाकको मुआव्जा वृद्धि हुदैनः गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ मंसिर २७ गते ८:२३ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौं निजगढ फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकनाका जग्गाको मुआब्जा वृद्धि नहुने बताउनुभएको छ । उक्त स्थानको मुआव्जा वृद्धि गर्दा देशब्यापी रुपमै असर पर्ने भन्दै यसमा पुनर्विचार गर्न नसकिने संकेत गर्नुभएको हो ।

बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उहाँले मुआब्जा तोक्दा निश्चित मापदण्डकै आधारमा तोकिएको भन्दै त्यहाँ वृद्धि गर्दा देशब्यापी रुपमा नै असर पर्ने बताउनुभयो । विभिन्न आयोजनाका लागि जग्गा अधिग्रहण गरिएको देशका धेरै ठाउँबाट मुआब्जा वृद्धिका लागि निवेदन आएको भन्दै मन्त्री थापाले खोकनाको लागिमात्र विशेष व्यवस्था गर्न नसकिने प्रष्ट पार्नुभयो ।

हाल निश्चित मापदण्डकै आधारमा मुआब्जा निर्धारण भइरहेको भन्दै मन्त्री थापाले मुआब्जा वृद्धि गर्ने हो भने सरकारले नीतिगत व्यवस्था गरेर नयाँ मापदण्ड बनाउनुपर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू