अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५३ | Colorodo: 16:08

संविधान संशोधन गर्दै अघि बढ्छौं – प्रचण्ड

बिआरटीनेपाल २०७५ मंसिर २७ गते ८:१७ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन गर्दै अघि बढ्ने बताउनुभएको छ । सत्तारुढ राष्ट्रिय जनता पार्टी, नेपालले तत्काल संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेका बेला अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उत्पीडित वर्ग, जाति र समुदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको प्रचण्डको भनाई थियो ।

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उत्पीडित समुदाय र सहिदहरूको सपना पूरा गर्ने दिशामा शान्तिपूर्ण ढंगले संघर्ष गर्दै अघि बढ्न पनि सम्बन्धित पक्षलाई आह्वान गर्नुभयो । अध्यक्ष प्रचण्डले उपेक्षित समुदायको हक, अधिकार सुनिश्चित गराउन संविधानमा संशोधन र परिमार्जनको ठाउँ खुला रहेको दाबी समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू