अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक-  साना किसानको ऋण मिनाहा, भारतीय नोटमा प्रतिबन्ध

बिआरटीनेपाल २०७५ मंसिर २७ गते ८:१५ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ । सञ्चारमन्त्री गोकुल बास्कोटाले विहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मंसिर २४ को मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक निर्णयहरुमा साना किसानको ऋण मिनाहा, भारतीय नोटमा प्रतिबन्ध, कपडा उद्योगीलाई बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट लगायत रहेका छन् । साना किसानले कृषि विकास बैंकबाट लिएको ऋण सरकारले मिनाहा गरेको हो । किसानले लिएको ऋण (साँवा र ब्याज) अब सरकारले बैंकलाई तिर्नेछ । यो निर्णयबाट करिब ७ सय किसान लाभाम्वित हुने भएका छन् ।

यसैवीच, सरकारले भारतीय नोटमा प्रतिबन्ध समेत लगाएको छ । सञ्चारमन्त्री बास्कोटाका अनुसार भारतीय दुई सय, पाँच सय र दुई हजारका नोटहरु ल्याउन र साथमा राख्न गैर कानुनी हुने भएकोले यी नोटहरु चलनचल्तीमा नल्याउन र साथमा नबोक्न सूचना प्रकाशन गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ ।

बैठकले सरकारले आन्दोलनरत कपडा उद्योगीको माग सम्बोधन गर्दै बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट दिने निर्णय समेत गरेको छ । मन्त्री बास्कोटाले दिएको जानकारी अनुसार उद्योगीहरुको माग सम्वोधनका लागि गठित समितिले दिएको सुझावका आधारमा बैंकको ब्याजमा अनुदान दिने, भन्सार छुट दिने लगायतका निर्णय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू