अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

नेपालको उर्जा क्षेत्रको विकासमा अष्ट्रियाले सधाउने

बिआरटीनेपाल २०७५ मंसिर २६ गते १९:२१ मा प्रकाशित

अष्ट्रियाले नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्ने ईच्छा जाहेर गरेको छ । नेपालका लागि अष्ट्रियाका राजदूत ब्रिगेट्टी ओपिनगेर वाल्चसोफरले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसंग भेटवार्ता गर्दै नेपालको उर्जा क्षेत्रमा काम गर्ने इच्छा प्रकट गरेका हुन ।

उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पुनसंग बुधवार अष्ट्रियाको ट्रान्सपोर्ट र प्रविधि मन्त्रालयका आसियन र विमस्टेक क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक मिचेल लिडरेरले समेत भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा भएको भेटमा निर्देशक मिचेलले पनि दुई देश बीच उर्जा क्षेत्रमा औपचारीक सम्बन्ध स्थापना गर्न अष्ट्रिया ईच्छुक भएको धारणा राखे ।

जवाफमा उर्जामन्त्री पुनले जलविद्युतमा अष्ट्रियाको प्रविधी संसारमै निकै चर्चित रहेको भन्दै नेपालमा पनि अष्ट्रिया कम्पनीहरुले काम गरिरहेको बताए । उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै नेपालमा लगानीका लागि उपयुक्त वातावरण भएको पनि जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू