अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

कांग्रेस बैठकमा हिन्दूधर्मबारे खुलेरै बहस

बिआरटीनेपाल २०७५ मंसिर २६ गते १९:०६ मा प्रकाशित

काठमाडौँ – कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

केन्द्रीय कार्यसमितिको बुधवारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिंदै नेताहरुले हिन्दूधर्मबारे खुलेर तर्क राखेका छन् ।

यो विषयले २८ मंसिरदेखि काठमाडौँमा हुने महासमिति बैठकमा पनि प्रवेश पाउने सम्भावना छ ।

यसअघि महामन्त्री डा. शशांक कोइरालाले सार्वजनिक रुपमै नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने भन्दै जनमतसंग्रह गर्नुपर्ने बताएका थिए । कोइराला परिवारकै अर्का केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि केही समयअघि धर्मको विषयलाई पार्टीले ‘सेटल’ गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू