अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

बिएफईले देशैभर कन्सर्ट गर्ने, राजेश, कमल र सन्दीप सहित आधा दर्जनले प्रस्तुति दिने

बिआरटीनेपाल २०७५ मंसिर २६ गते १५:१६ मा प्रकाशित

मध्य पुसमा नेपालगञ्ज गुञ्जने
काठमाडौँ । मध्य पुसमा नेपालगञ्ज गुञ्जने भएको छ । पुस १६ गते आधा दर्जन राष्ट्रिय कलाकारहरूको प्रस्तुति सहित नेपालगञ्ज गुञ्जने भएको हो । बलामी फिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशैभर ६ ठाउँमा म्युजिक फेस्टिभल गरिने जनाएको छ । जस अन्तर्गत नेपालगन्जको शारदा ईभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा नेपालगन्जमा अङ्ग्रेजी नयाँ वर्षको छेको पारेर म्युजिक फेटिभलको पहिलो आयोजना गर्न लागिएको आयोजक समीर बलामीले बताएका छन् । नेपालगञ्ज र कोहलपुरको बिच गनापुरमा रहेको नमस्ते रिसोर्टमा न्यु ईयर ईभ सहितको म्युजिक फेस्टिभल हुने भएको हो ।

कार्यक्रममा युवा वर्गको ढुकढुकी तथा गायक राजेश पायल राई, कमल खत्री को साथै नेपाल आइडल सिजन १ का सुरज थापा र सुजाता पाण्डेले प्रस्तुति दिनेछन् । हास्य कलाकार सन्दीप क्षेत्रीले कार्यक्रममा दर्शकहरूलाई हसाँउनेछन्् । कार्यक्रमलाई वरिष्ठ पत्रकार नरेश भट्टराईले सञ्चालन गर्नेछन् । कार्यक्रममा आइटम नृत्यहरू पनि प्रस्तुत हुनेछन् । नृत्यको लागि कलाकार फाइनल गर्न बाँकी रहेको र अन्य सबै कलाकारहरूलाई फाइनल गरिसकेको आयोजक संस्थाका अध्यक्ष समीर बलामीले बताएका छन् । मध्य पश्चिममा यो अहिले सम्मकै ठुलो म्युजिक फेस्टिभल भएको स्थानीय आयोजक शारदा ईभेन्टसका रोनिश गौतमले बताएका छन् । अहिले प्रचार प्रसारको काम तीव्र रूपमा सुरु भएको बताइएको छ । कार्यक्रमको लागी १५ वर्ष देखी ६० वर्ष सम्मका दर्शकहरूलाई लक्षित गरिएको छ । कम्तीमा ७ हजारदेखि १० हजार दर्शकको लक्ष्य राखिएको कार्यक्रमले नेपालगन्जका सबै कलेजहरूमा क्याम्पेन सुरु गरिएको छ । आयोजकले पत्र पत्रिका, होडिङ्ग बोर्ड, ब्यानर, पोस्टर लगायतका प्रचारहरूलाई तीव्रता दिने जनाएको छ । नेपालगन्जमा पनि चाँडै नै सञ्चारकर्मीहरूसँग अन्तक्र्रिया गरिने पनि बताइएको छ ।

नेपालगञ्ज र कोहलपुरको पर्यटन प्रवर्द्धनका लागि पनि यो कार्यक्रमले प्रत्यक्ष भूमिका खेल्ने आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थित हुने सबै दर्शकहरूले नेपाली ढाका टोपी लगाएर आउनुपर्ने नियम आयोजकले बनाएको छ । जनवरी १ लाई नेपाली ढाका टोपी दिवसको रूपमा मनाउन कार्यक्रमले प्रत्यक्ष भूमिका खेल्ने मनसायले उपस्थित दर्शकहरूले नेपाली ढाका टोपी लगाएर आउने वातावरण बनाउने आयोजकले दाबी गरेको छ । पूर्ण सुरक्षा व्यवस्था सहितको कार्यक्रमलाई स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, गोर्खा ब्रुअरी, जावलाखेल डिष्ट्रिलरी लगायतको प्रत्यक्ष सहयोग र सहकार्य हुने आयोजकले जनाएको छ । कार्यक्रममा दर्शकको लागि ५ सय र १ हजारको टिकट व्यवस्था गरिएको छ । भिआईपि दर्शकको लागि भने २ हजार कायम गरिएको छ । दर्शकले कार्यक्रमको टिकट सामाजिक सञ्जाल, बैङ्कमा रकम दाखिला भौचर मार्फत काट्न सकिनेछ । साथै टिकट बिक्रीको लागि आयोजकले स्वंयमसेवकलाई पनि परिचालन गरिएको छ । अन्तमा कार्यक्रम स्थलबाट पनि टिकट काट्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया