अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

मगर समाज पोर्चुगलको पाँचौँ अधिवेशन सम्पन्न

बिआरटीनेपाल २०७५ मंसिर २६ गते १४:५० मा प्रकाशित

चोप कुमार राना मगर र कमल पुन मगर क्रमश: अध्यक्ष र महासचिवमा निर्वाचित
लिस्बोन, पोर्चुगलको डायस्पोरामा बसोबास गर्दै आएका नेपालका आदिवासी मगर जातिहरूको साझा संस्था मगर समाज , पोर्चुगलको एतिहासिक पाँचौँ अधिवेशन राजधानी लिस्बोनमा सम्पन्न भयो ।

पोर्चुगलका लागि पहिलो नेपाली पर्यटन दूत तथा गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका पूर्व सदस्य, गैर आवासीय नेपाली सङ्घ, पोर्चुगलका पूर्व अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगलका सल्लाहकार तथा आदिवासी जनजाति महासङ्घ, पोर्चुगलका सङरक्षक रमेश कुमार गुरुङज्यूको प्रमुख आतिथ्यता र मगर समाज,पोर्चुगलका कार्यवाहक अध्यक्ष चोप कुमार राना मगरको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा विशेष अतिथिका रूपमा गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य नरेन्द्र बहादुर हमाल, गैर आवासीय नेपाली सङ्घ, पोर्चुगलका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास), पोर्चुगलका सल्लाहकार कुबिर कार्की तथा आदिवासी जनजाति महासङ्घ, पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाज्यूको विशेष उपस्थिति रहेको थियो ।

पोर्चुगलको नेपाली डायस्पोरामा क्रियाशील विभिन्न राजनीतिक, क्षेत्रीय, जातीय तथा सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थितिमा सम्पन्न उक्त अधिवेशनले आगामी २ वर्षका लागि चोप कुमार राना मगरको अध्यक्षतामा २५ सदस्य पूर्ण कार्यसमितिको घोषणा गर्दै अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा पोर्चुगलको नेपाली डायस्पोरामा पछिल्लो समय संस्था खोल्ने र निश्कृय हुने जस्तो क्रियाकलाप भएका कारण यस्तो प्रवृत्ति न्यूनिकरण गर्नका लागि उहाँ स्थित सामाजिक अभियन्ता, विभिन्न सङ्घ संस्थाका अध्यक्ष लगायत पत्रकारहरूले चिन्ता व्यक्त गरेका थिए । पोर्चुगलमा करिब ३० भन्दा बढी सङ्घ सस्थाहरु खोलिएका छन् । कार्यक्रममा कलाकारहरूसँगै उपस्थित सम्पूर्ण महानुभावहरूले नेपालको राष्ट्रिय गीत गाएर देश सम्झेका थिए भने कलाकारहरू तेज गाहा मगर, सुवास पुन मगर, दुर्गा बहादुर श्रीस मगर, इमान सिँ मगर आदिले मगर संस्कृति झल्कने विभिन्न गीतहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रमेश कुमार गुरुङज्यूले आफ्नो पोर्चुगल बसाइको करिब २२ वर्षको अनुभव र पोर्चुगलको नेपाली डायस्पोराको बारेमा चिन्ता व्यक्त गर्नु भएको थियो आफ्नो मन्तव्यमा बोल्दै गुरुङले भन्नु भयो “ पोर्चुगल २० वर्ष अगाडीको पोर्चुगल रहेन किनकि नेपालीहरूको आगमन दिनानुदिन बढ्दै गएका कारण आफ्नो विगतको २ वर्षे एनआरएनए,पोर्चुगलको नेतृत्व लिँदै गर्दा आफूले सोचेको नेपाल हाउस निर्माणमा पोर्चुगलका नेपाली सङ्घ संस्था र डायस्पोराका सदस्यहरूले कुने चासो र सहयोग नगरेका कारण उक्त सपना पुरा हुन नसकेको र पोर्चुगलमा नेपाली राजदूतावास स्थापनाका लगी पनि अफुले सक्दो प्रयास गरेको तर उपलब्धि भने हुन नसकेको तितो यर्थाततामा माथि लामो चर्चा गर्नु भएको थियो ।

कार्यक्रमको अन्तमा सभापति तथा वर्तमान निर्वाचित अध्यक्ष चोप कुमार राना मगरले उपस्थित सम्पूर्ण सङ्घ संस्थाका अध्यक्ष,प्रतिनिधि,पत्रकार लगायत उपस्थित महानुभावहरूमा धन्यवाद दिँदै आफ्नो कार्यकालमा पोर्चुगलको नेपाली डायस्पोरामा आफूले सकेको सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका थिए भने कार्यक्रम समाजका पूर्व सचिव तथा नव निर्वाचित महासचिव कमल पुन मगरले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू