अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

उपेन्द्र यादव समूहले सरकारलाई बुझायो १३ थान हतियार

बिआरटीनेपाल २०७५ मंसिर २६ गते ८:४८ मा प्रकाशित

तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजक लगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष हतियार तथा विष्फोटक पदार्थ बुझाएका छन् । समूहका संयोजक उपेन्द्र यादवसहितका समूहले सरकारलाई हातहतियार बुझाएको हो ।

मोर्चा संयोजक जयकृष्ण गोईतसँग विद्रोह गरी अविनाश भनिने उपेन्द्र यादव नेतृत्वमा उनीहरुले सरकारी राजनितिक वार्ता समिति समक्ष हतियार बुझाएको हो । आफ्ना नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता, जेलमा रहेकालाई रिहाइ, मधेसी युवालाई सेना प्रहरीमा भर्ती लगायतका ११ बुँदे मागमा छलफल गरी ६ बुँदे सहमतिपश्चात वार्तामा सहभागी भएको उपेन्द्र यादवले बताउनु भयो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको निवासमा आयोजित औपचारिक कार्यक्रममा मोर्चाले सानो नलकटुवा पेस्तोल १० थान, लामो नलकटुवा पेस्तोल १ थान, कटुवा १ थान, डिटोनेटर १ थान गरी जम्मा १३ थान हतियार बुझाएको राजनीतिक वार्ता समिति संयोजक सोमप्रसाद पाण्डेले बताउनु भयो ।

मोर्चाका संयोजक यादवसहित प्रदीप भनिने नथुरी यादव, रोशन भनिने रामउद्गार साह, कमल भनिने योगेन्द्र यादव, भगतसिंह भनिने भवानी प्रसाद मगरिया यादवलगायत ११ जना शान्तिपुर्ण राजनीतिमा आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू