अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

राष्ट्रपतिको गाडी खरिद प्रकरणलाई लिएर संसदीय समितिमा विवाद

बिआरटीनेपाल २०७५ मंसिर २६ गते ८:३४ मा प्रकाशित

राष्ट्रपतिको गाडी खरिद प्रकरणलाई लिएर संसदीय समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबीच विवाद भएको छ । सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा कांग्रेसका सांसदहरुले राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे छलफल माग गरेपछि दुई दलका सांसदबीच विवाद भएको हो । बैठकमा कांग्रेसका नेता डा. मिनेन्द« रिजालले राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने माग गर्नुभयो । सत्तारुढ नेकपाका सांसद सूर्य पाठकले त्यसको प्रतिवाद गर्दै संसदीय समितिलाई कामै गर्न नदिने नियतले प्रस्ताव आएको भन्दै आपत्ति जनाउनुभयो ।

बैठकमा वाइडबढी विमान खरिद सम्बन्धमा छलफल सकिएपछि शुरुभएको विविध शीर्षक अन्तरगतको छलफलमा भाग लिँदै काग्रेस नेता रिजालले राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा संसदीय समितिले जानकारी लिन पाउनुपर्ने बताउनु भएपछि दुई दलका नेताहरुबीच भनाभन शुरु भएको थियो ।

कांग्रेस नेता रिजाल प्रस्ताव समितिको क्षेत्राधिकार भित्र समेत नपर्ने सत्तारुढ नेकपाका सांसद पाठकको भनाई छ । उहाँले सार्वजनिक लेखा समितिले सरकारको सबै क्षेत्रको अध्ययन गर्न नसक्ने दावी गर्नुभयो । कांग्रेसका अर्का सांसद राजन केसीले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्न तत्कालीन सरकारले जम्मा गरेको बजेटबारे जानकारी गराउन माग गर्नुभयो ।

दुवै दलका सांसदबीच राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा भनाभन भईरहँदा बैठकमा समितिको वार्षिक कार्ययोजना बनाएर अघि बढने विषय ओझेलमा पारिएको भन्दै सत्तारुढ दलका सांसदहरुले सभापति भरतकुमार शाहप्रति असन्तुष्टि जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू