अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

भाषा, कला र संस्कृतिको संरक्षणमा लाग्न उप–राष्ट्रपतिको अपिल

बिआरटीनेपाल २०७५ मंसिर २६ गते ८:३२ मा प्रकाशित

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको भाषा, कला र संस्कृतिमाथि विभिन्न प्रभाव पर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएएको छ । कला र संस्कृतिमा सबैको पहुँच नेपालद्वारा आज काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

उपराष्ट्रपति पुनले भाषा नै नरहे, संस्कृति पनि लोप हुँदै जाने र अन्तत पहिचानसमेत गुम्ने अवस्था आएको भन्दै यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो । पुनले सबैलाई आ–आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण सम्बद्र्धनमा लाग्न अपील समेत गर्नुभएको छ ।

सबै राष्ट्रले आ–आफ्नो कला संस्कृतिको संरक्षण र सम्बद्र्धनमा कुनै न कुनै प्रकारका चुनौतीको सामना गरिरहनु परेको उल्लेख गर्दै उहाँले ती चुनौतीहरुको साझा ढंगले सामना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । नेपालका भाषा, कला, साहित्य, संस्कार, संस्कृति र सभ्यतामा अत्यन्त धनी देश भएको उल्लेख गर्दै उप–राष्ट्रपति पुनले नेपालमा भाषा, कला, साहित्य र संस्कृतिको विशाल भण्डार रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कला क्षेत्रको धरोहर ‘महजोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू