अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

वुद्ध र सगरमाथाको देशको भ्रमण गर्न आफ्ना नागरिकलाई अष्ट्रेलियाका पूर्वप्रधानमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७५ मंसिर २५ गते ८:३७ मा प्रकाशित

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री जुलिया गिलार्डले सन् २०१५ मा गएको विभानशकारी भूकम्पका कारण अत्यन्तै प्रभावित भएको वुद्ध र सगरमाथाको देश नेपालमा पर्यटटकको रुपमा जानका लागि अष्ट्रेलियनहरुलाई आग्रह गर्नुभएको छ । लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले मेलवर्नमा यही डिसेम्बर १५ मा हुन लागेको नेपाल फेस्टिबलको प्रचारप्रसार गर्ने क्रममा सांसदहरुसंग गर्नुभएको भेटवार्ताका क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

नेपालमा विनाशकारी भुकम्पका बेलामा अष्ट्रेलियाले सामाजिक संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र लेबर पार्टीले अष्ट्रेलियमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएकाले नेपालमा पनि उक्त दुःखद घटनाका बेला स्कूलहरुको पुर्न्निर्माणमा सहयोग पुर्याएर लामो समय स्कूल जान नपाएका बालबालिकाहरुलाई स्कूल फर्कन सहयोग पुर्याएको फेडेरल सांसद जोआनले बताउनुभयो ।

मन्तव्य दिनेक्रममा जोआनले बिदाको समयमा वुद्ध र सगरमाथाको देश नेपाल गएर पर्यटन उद्योगमा योगदान दिएर दीर्घकालिन रुपमा सहयोग गर्न र त्यहाँ लगानीको संभावनाहरुको खोजी गरेर सकारात्मक प्रभाव पार्न सकिने र यसबाट दिद्धपक्षीय मैत्री र साझेदारी मजबुतिकरण गर्न सकिने उल्लेख गर्नुभयो ।

यसैवीच, एनआरएनए अष्ट्रलिया भिक्टोरिया राज्य समन्वय समितिका अनुसार नेपाल फेस्टिबलको सांस्कृतिक परेडमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने पनि सहभागी हुने भएका छन् । आयोजक संस्थाकाअनुसार अष्ट्रेलियाको बिग ब्यास लिग क्रिकेटमा सहभागी हुन सोमबार मेलवर्न पुगेका लामिछाने सांस्कृतिक परेडमा सहभागी हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू