अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

फ्रान्सेली राष्ट्रपतिद्धारा देशबासीका नाममा सम्बोधन, तलब वृद्धि र कर छुटको घोषणा

बिआरटीनेपाल २०७५ मंसिर २५ गते ८:३० मा प्रकाशित

फ्रान्सेली सरकारले त्यहाँका राष्ट्रपतिले देशबासीका नाममा गरेको सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’ हरुको आन्दोलनका क्रममा राखिएका मागहरुको पनि सम्बोधन हुने भन्दै यस विषयमा यहाँको संसदलाई विश्वस्त पार्ने प्रयास गर्ने जनाइएको छ । मंगलबार बस्ने संसदको बैठकलाई फ्रान्सेली सरकारले यस विषयमा आश्वस्त पार्ने प्रयास गर्ने समाचारमा जनाइएको छ । पहेँला टिसर्टधारीहरुले आन्दोलनकै माध्यमबाट सरकारलाई दबाब दिने प्रयास गरिरहेका बताइएको छ।

सोमबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो । उहाँले सो सम्बोधनका क्रममा हाल फ्रान्समा जारी रहेको आन्दोलनलाई मत्थर पार्ने प्रयास गरेको बताउनुभएको थियो । सो सम्बोधनपछि सरकारले मंगलबार संसदलाई आश्वस्त पार्ने प्रयास पनि गर्न लागेको अर्को एक समाचारमा जनाइएको छ । सो घोषणामा हाल आन्दोलनमा जारी राखिएका मागहरुलाई राष्ट्रपतिले सम्बोधन गरेको बताइएको छ ।

महंगीविरुद्ध आन्दोलन चर्किएपछि दबावमा परेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गर्नुभएको छ । सो आन्दोलनमा इन्धनको मूल्य बृद्धिको निर्णय फिर्ता लिन र महङ्गी नियन्त्रण गर्न राष्ट्रपतिसमक्ष माग गरिएको छ ।

तर राष्ट्रपति म्याक्रो यी कामहरुमा असफल भएको आरोप आन्दोलनकारीहरुले लगाएका छन् । फ्रान्सेली राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै उहाँले सन् २०१९ देखि न्युनतम तलबमा मासिक एक सय यूरो बढाउने लगायतका घोषणा गरेको बताइएको छ । कम आय भएका र पेन्सन बुझ्दै आएकाहरुमा लगाइएको कर पनि खारेज गरिएको राष्ट्रपति म्याक्रोले सो सम्बोधनमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू