अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४ | Colorodo: 09:09

अमेरिकामा हिमआँधी, ३ जनाको मृत्यु, लाखौं मानिस प्रभावित

बिआरटीनेपाल २०७५ मंसिर २५ गते ८:२६ मा प्रकाशित

अमेरिकाका विभिन्न राज्यमा आएको हिमआँधीका कारण तीनजनाको मृत्यु भएको छ । आँधीबाट लाखौं मानिस प्रभावित भएका छन् । आँधीबाट बढी प्रभावित केरोलिना राज्यमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।

अलाबामा, टेनेसी र जर्जियामा पनि हिमआँधीको असर परेको छ । भारी हिमपातपछि आएको आँधीका कारण हजारौं हवाई उडान रद्ध भएका छन् । विद्युत् आपूर्ति बन्द हुँदा तीन लाख मानिस प्रभावित भएका छन् ।

नर्थ केरोलिना राज्यका गभर्नर रोय कुपरले वर्षभरिकै नराम्रो आँधी आएको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया