अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

प्रधानमन्त्री ओलीसँग शासकीय क्षमता नभएको कांग्रेसको ठहर

बिआरटीनेपाल २०७५ मंसिर २५ गते ८:२२ मा प्रकाशित

नेपाली कांग्रेसले वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय क्षमता नभएको निष्कर्ष निकालेको छ । आगामी महासमिति बैठकमा पेस गरिने राजनीतिक प्रस्तावमा यस्तो ठहर गरिएको हो ।

मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सत्तासीन नेकपाले एकपछि अर्को गर्दै संविधानको भावना र मर्ममाथि प्रहार गरेकाले उसको लोकतन्त्रप्रतिको निष्ठामा शंका गर्नुपर्ने अवस्था आएको बताउनुभयो । राजनीतिकरुपमा सरकार बलियो भएपनि शासकीयरुपमा कमजोर रहेको भन्दै शर्माले सुनियोजितरुपमा शिक्षामा जनवादीकरण गरेर माक्र्सवाद पढाउने षडयन्त्र भइरहेको आरोप लगाउनुभयो ।

एक फरक प्रसंगमा उहाँले विभिन्न किसिमका विभेदमा संलग्न हुनेहरुलाई कांग्रेसको सदस्यता नदिइने र कांग्रेसका कुनैपनि सदस्य वा पदाधिकारीले त्यस्तो गरेको प्रमाणित भए सदस्यता खारेज गर्ने बताउनुभयो ।

महासमिति बैठकमा करिब एक हजार ३०० जना प्रतिनिधि सहभागी हुने र करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको शर्माको भनाई छ । पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा वि.सं. २००७ पछिको राजनीतिक वातावरण बिथोल्न कम्युनिस्टहरूको नकारात्मक भूमिकाले काम गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपालका बहुसंख्यक कम्युनिस्ट समूहहरू प्रत्यक्ष र अप्रत्यक्षरुपमा राजा महेन्द्रको संरक्षणमा हुर्किएको आरोप पनि लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू