अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

सरकारको कामले अपेक्षाकृत गति लिन सकेन – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ मंसिर २५ गते ८:१९ मा प्रकाशित

पुर्व प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामले अपेक्षाकृत गति लिन नसकेको बताउनुभएको छ । कास्कीको मादी गाउँपालिका सिक्लेसमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले नागरिकका तर्फबाट सरकारले गति लिन नसकेको गुनासो स्वभाविक भएको टिप्पणी गर्नुभयो । सरकारले उत्साहका साथ जनसरोकार राख्ने र जनजिविकालाई सहज पार्ने काम शुरु गरेपनि त्यसलाई निष्कर्षमा पु¥याउनेमा भने केही ढिलासुस्ती देखिएको प्रचण्डको भनाई थियो ।

सरकारले देशभित्र केन्द्रीत भएर नयाँ गतिका साथ विकास र समृद्धिका लागि काम गर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसअघि आधार तयार भएकाले सरकारले अब एक वर्षमा देखिने गरी काम गरेर देखाउने बताउनुभयो । अध्यक्ष प्रचण्डले वर्तमान सरकारले विकास निर्माणका लागि आधार तयार पारिसकेकाले त्यो संभव हुने दाबी समेत गर्नुभयो । दशकौं देखिको डुबान समस्या हटाइएको, हवाई रुटका लागि नयाँ परमिट निर्धारण, पूर्व पश्चिम रेलमार्ग निर्माण लगायतबारे सम्झौता, विराटनगरमा रहेको भारतीय क्याम्प कार्यालय हटाउने लगायतका महत्वपूर्ण काम सरकारले गरेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले आउँदो आर्थिक वर्षमा बृद्धभत्ता बढाइने जानकारी दिनुभयो । बृद्धभत्ता नबढाउँदा सरकारले काम गरेन भन्ने गुनासो आइरहेको भन्दै उहाँले यस आर्थिक वर्षको समेत क्षतिपूर्ति हुनेगरी आगामि बजेटमा भत्ता बृद्धि हुने विषयमा सहमति नै भएको खुलासा गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले विकास र सम्बृद्धिका लागि ठूला परियोजना सञ्चालन गर्न विपक्षी दल सहित सबैसंग राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्ने पनि बताउनुभएको छ । पार्टी एकताले छिट्टै तल्लो तहसम्मै पूर्णता पाउने उहाको भनाई थियो । सबैको भावना समेट्ने र विवाद नआउने ढंगले काम गर्दा एकतामा केहि ढिला भएको प्रचण्डको भनाई छ । अब बस्ने स्थायी समिति बैठकले पार्टी एकीकरणका सबै प्रक्रिया टुंग्याउने प्रचण्डले उल्लेख गर्नुभयो ।

अध्यक्ष्क्ष प्रचण्डले सरकारले गरेका सम्पूर्ण कामको समीक्षा हुने पनि बताउनुभएको छ । सिन्डिकेट हटाउने, सुनतस्करीको जालो तोड्ने र लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्नेजस्ता राम्रा काम सरकारबाट भएपनि ती कामहरुको व्यवस्थापन सही ढंगले हुन नसकेको प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू