अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

सम्मान र पुरस्कृत कहिले र कसरी गर्छौँ सरकार ?

निशा अर्याल २०७५ मंसिर २४ गते २१:३९ मा प्रकाशित

तेस्रो विश्व रेकर्ड राख्न सफल नेपाली उज्ज्वल ठकुरीलाई हेर्दा गर्व र स्वाभिमानले शिर ठाडो पार्दै भन्न मन लाग्छ l हो उनी नेपालका नेपाली कहिल्यै नथाक्ने साहसी गोर्खाली नेपालको माटोमा हुर्केका वीर सुपथ स्वर्गीय ममतामयी जननी जयन्ती देवी र पिता राजेन्द्र ठकुरीका जेठा सुपुत्र उज्ज्वल ठकुरी नेपाल आमाका वीर,कर्मठ, ईमान्दार,साहसी योद्धा हुन । जसलाई नेपाली हुनुमा गर्व छ उनी भन्छन् म जहाँ रहूँ छातीमा नेपाल बोकेर हिँडेकी छु । मलाई मेरो देश र नेपाली स्वाभिमान प्यारो लाग्छ । उनले क्यान्सर रोगबाट पीडित आफ्नी स्वर्गीय वात्सल्य बर्साइ हुर्काएकी ममतामयी जननीको अमृत दूधबाट पाएको यो जीवन र पिताबाट प्राप्त बल,तागतका साथै नेपाली माटोमा हुर्किएको आशिषको परिणाम आफू तेस्रो पटक सम्म विश्व रेकर्ड राख्न सफल भएको बताए ।

दुई मिनेट ५२ सेकेन्डमा एक किलो खुट्टाले बोकी २२६ घुँडा प्रहार ” गरितो स्रो” विश्व रेकर्ड राख्न सफल जसले तिन पट्क सम्म गिनिज बुकमा नाम लेखाउन सफल वीर योद्धा हुन ठकुरी जो मातृभूमि नेपालको माटो जहाँ जानकी माता सीताको उदय र सिद्धार्थ गौतम जन्मिएको भूमिमा माता र पिताको गर्व सार्थक गरीनाम र शान विश्वमा चम्काउन पाउँदा आफ्नो जीवन सार्थक सम्झिन्छन् l साँच्चै नै उनी कहिल्यै नथाक्ने ,हटी हैन डटी लड्ने नेपालीको बानी हुन्छ ,कहिले न झुक्ने शिर उठेको स्वाभिमानी नेपाली हुन्छ भन्ने गीतको पङ्क्ति झैँ ।”

इतिहास विश्व माझ रच्न निरन्तर लागी परेका वीर योद्धा भन्न मन लाग्छ । भर्खरै मात्र ६ दान उपाधि प्राप्त अमेरिकन मेरिन गेज करातेबाट सम्मानित हुन पुगेका उज्ज्वल ठकुरी तेस्रो गिनिज विश्व रेकर्ड अर्थात् ह्राटिक राख्न सफल भएका छन् भने उनले पहिलो दुई विधामा फागु गरेर अधिक भरि वजन उठाई गिनिज विश्व रेकर्ड राखे जबकि फागु यस्तो विधा रहेछ जसमा कराते, उसु र तेक्कान्दोमा निरन्तर हरेक दिन कसरत हुन जरुरी छ ।

यस्तो कठिन खेल रोजेका ठकुरीले दुई पटकको रेकर्डमा अहिले तेस्रो रेकर्ड राख्दै नेपाल र नेपालीको शिर, शान, मान र इज्जत इतिहास राख्न सफल भएका छन् । नेपाल र नेपालीकोलागि अलग्गै पहिचान बनाउन दिनरात एक योद्धा झैँ लागि परेका ठकरी जसले चिन,रसिया,अमेरिका जस्ता शक्तिका केन्द्र विन्दु राष्ट्रले राख्न नसकेको रेकर्ड नेपालको इतिहासमा राख्न सफल भए ।

उनी भन्छन् नेपालमा मार्सल आर्टमा आफ्नो विधाको निर्माण हुन आज सम्म पनि सकेको छैन र नेपाल देशका सरकारवादी राष्ट्रिय खेलकुद परिषद् सङ्घ,कोचर र खेलाडीले सिक्नु पर्ने पाठ अर्थात् विधा हो जापानबाट कराते, कोरियाबाट तेक्वान्दो र चीनबाट उसु जसलाई उछिन्न नामुम्किन छ किन की अहिले सम्म रसिया, अमेरिका जस्ता राष्ट्रले समेत उछिन्न सकेको छैन I तर एक नेपाली नेपाल भूमिलाई छाडेर विवश र सङ्घर्षरत अमेरिका भूमिमा चुमाउनु परेको पसिनामा आफू तिनै विधामा सबैलाई उछिन्दै तिन पटक सम्म गिनिज विश्व रेकर्ड राख्न सफल छन् ।

ठकुरीको जीवन चुनौतीपूर्ण रहेको प्रस्ट हुन्छ ,कुराकानीमा उनी भन्छन् मार्सल आर्टको मुख्य पार्ट चल्नु भनेको हात,खुट्टा र फागु गर्नु हो तेस्रो विश्व रेकर्ड तिन मिनेटमा १८० घुँडा प्रहार गर्नुलाई अङ्ग्रेजीमा Knee रफ फाइट हिज्जा भनिन्छ यो रेकर्ड भारतका ग्रान्डमास्टर जगरनाथ रेडिका जसलाई अमेरिकी राष्ट्रपतिले सम्मान गरेका थिए । जसलाई देखेर ठकुरीमा प्रेरणा,साहस,दृढ विश्वास,हिम्मत,चुनौती एक्कैसाथ आयो र उनको रेकर्ड तोड्न निरन्तर अभ्यासमा लागेका ठकुरी भन्छन् । अभ्यासकै क्रममा सुरु सुरुमा नक्कै कष्टले कम्मर नचल्दा अपांग पो हुने डर त्रासले समुन्द्रको गोही बिच हाम फालेको अनुभूति गर्ने ठकुरी निरन्तर कागको प्र्याक्टिस तिन वर्ष सम्म नथाकि दिनरात एक गरी अभ्यासमा लागि परे जसको परिणाम नेपाल आमा र नेपालीको शान ,मान,र इज्जत कायम राख्दै गोर्खाली वीर भन्ने तथ्यलाई सफल पार्दै भारतका ग्रान्डमास्टर यजनाथ रेडिको रेकर्ड तिन मिनेटमा खाली खुट्टा १८० पट्क प्रहार गरेका उनको रेकर्ड तोड्दै नेपाल देशका एक कर्मठ योद्धा ठकुरीले खुट्टाले एक किलो बोकेर तिन मिनेटमा २२६ चोटि प्रहार गरी एक मिटरमा ८९ घुँडा प्रहार गरी मार्सलको विधामा रेकर्ड राख्नु असम्भव र नामुम्किनलाई नेपाली गोर्खाली वीरका सन्तान भन्ने तथ्यलाई प्रमाणित गर्दै आफूभित्रको चुनौती र सपनाहरू सफल राख्ने एक कर्मठ योद्धा हुन ठकुरी जसको जति प्रशंसा गरे पनि कम हुन्छ । तर अब नेपाल देशका विश्व भरी छरिएर रहेका नेपालीले हेर्न बाँकी छ कि नेपाल सरकारले उज्ज्वल ठकुरीलाई कुन किसिमले सम्मान र पुरस्कृत गर्ला ?

हामी नेपालीको कौतुहल्ता के नेपाल सरकारले बुझ्ला ?
कि आफैमा प्रश्न रहला ?
नेपाल सरकारलाई थाहा छ ?
नेपाली पत्र पत्रिकामा यी समाचारले स्थान पाएका छन् कि छैन्न?
अनि सरकारले नि ?
कस्ता कुरालाई प्राथमिकता देला? पैसा आउने र कमिने कुरालाई मात्र?
आफन्तलाई र व्रिकेश लिएर आउनेलाई जागिर खुवाउन, राजदूत बनाउन, यस र आराम, विदेश भ्रमण गर्न र गराउन ?
शान र इज्जत बढाउन राष्ट्रिय सम्पत्ति र नेपालीहरूरौ पसिनाबाट पाएको कररो दुरुपयोग गर्न ?
सङ्ग्रहमा राजनीति पेसा सफलीभूत बनाउन मात्र नेताको ध्यान केन्द्रित हुन्छ कि?

देशमा रोजगारीको अवसर नभए पछि मातृभूमि, बालक वृद्ध मातापिता, जवान श्रीमान् श्रीमती छोडी विदेशीनु बाध्य भएका नेपालीहरूले देशमै अवसर पाए ती विविध खेलहरूमापनि नेपालको नाम राख्ने थिए । हालै गिनिज बुकको तेस्रो पट्क नाम लेखाउन सफल भएका उज्ज्वल ठकुरीको बारेमा सरकारलाई चासो नहुनुले देश ,जनताप्रति सरकार व्लकुलै उदासीन रहेको प्रमाणित हुन्छ ।

नेपाली शान, नेपालको शान चाहे संसारको जुनसुकै कुनामा प्राप्त होस् सरकारले आफ्नो देशको महत्त्वपूर्ण सम्पत्ति सम्झिएर तत्काल प्रतिक्रिया दिनुका साथै तुरुन्त सम्पर्क गरी विश्व समुदायलाई अनुभूति हुने तरिकाले प्रमाण पत्र, पुरस्कार र राष्ट्रिय सम्मान गर्नु पर्ने तर सरकार र सरकारका सूचना संयन्त्रलाई अहिले सम्म थाहा नहुनुले हामी विदेशी भूमिमा रहेको नेपालीहरू घोर आश्चर्य चकित भएका छौँ । यति ठुलो गर्व र शान राख्न सफल ठकुरीको बारेमा त सरकार बेखबर छ भने विश्व भरी छरिएर रहेका नेपालीहरूको सरकार प्रति के आशा र भरोसा हुन्छ र ? देशको राजस्व मासेर किन राजदूतको आवश्यकता ? कूटनीति सम्बन्धभित्र अौपचारिक मात्र राष्ट्र र जनताको हित मानिन्छ भने विदेशी भूमिमा रही सफल प्लेन निर्माण गर्ने, नासामा प्रतिभा प्रदर्शन गर्ने जस्ता अनगिन्ती कुराहरूले नेपाल सरकारलाई कहिले आत्मा गलानी होला ? जुन दिन आवश्यकता महसुस गर्छ त्यो दिन ढिलो भइसक्ने छ, अझै पनि सरकारलाई यिनै लेखको माध्यमबाट आग्रह, अनुग्रह, चेतावनी,सूचना, जे अर्थ लागोस् उक्त दिशा तर्फ कदम चाल्न आग्रह गर्दछु ।