अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

भारतीय रिजर्ब बैंकका गभर्नरको आकस्मिक राजीनामा, राजनीतिक वृतमा हलचल

बिआरटीनेपाल २०७५ मंसिर २४ गते ८:५० मा प्रकाशित

भारतको केन्द्रीय बैंक रिजर्व बैंकका गभर्नर उर्जित पटेलले पदबाट राजीनामा दिनुभएको छ । सोमबारदेखि नै लागु हुनेगरी पटेलले नीजि कारणले राजीनामा दिएको बताउनुभएको छ । पटेलको राजीनामापत्रमा ‘व्यक्तिगत कारणले मैले आजैदेखि लागू हुने गरी मेरो पदबाट राजीनामा दिएको छु,’ लेखिएको छ । उहाँले राजीनामापत्रमा लेख्नुभएको छ, ‘रिजर्व बैँकमा काम गर्नु आफ्नो लागि सम्मानको विषय भएको र यसको सफलताको पछाडी बोर्ड र कर्मचारीहरुको कडा मेहनेत रहेको छ ।’

राजीनामा दिँदै पटेलले भारतीय रिजर्व बैँकमा विभिन्न तहमा लामो समयदेखि मेरो सेवा मेरा लागि विशेष र सम्मानपूर्ण रहेको उल्लेख गर्नुभएको छ । पटेलले नीजि कारण भने पनि विगत केही समयदेखि मोदी सरकार र रिजर्व बैंकबीच विवाद बढ्दै गएको थियो । राजनीतिक वृतमा भने उनको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

महिनौँसम्म चलेको सार्वजनिक विवादका बीच पटेलको राजीनामा आएको हो । १४ डिसेम्बरका दिन बोर्डको बैठक बस्ने तय भएको बेला अकस्मात उनको राजीनामा आएपछि थप आशंका उत्पन्न भएका हुन् । ४ वर्षे पटेलकको समयावधि सेप्टेम्बर २०१९ मा सकिँदै थियो । १९९० पछि उर्जित कार्यकाल पूरा नहुँदै राजीनामा दिने उहाँ पहिलो गर्भनर हुनुहुन्छ । पटेलले राजीनामा दिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको अभाव धेरै नै खट्किने बताउनुभएको छ । पटेल बृहत अर्थशास्त्रका विषयमा गहिरो जानकारी राख्ने उच्च क्षमताका अर्थशास्त्री समेत रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू