अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

ईपिएल क्रिकेटः ललितपुर प्याट्रिएट्स र काठमाडौं किंग्स–११ बिजयी

बिआरटीनेपाल २०७५ मंसिर २४ गते ८:४९ मा प्रकाशित

काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरुमा ललितपुर प्याट्रिएट्स र काठमाडौं किंग्स–११ बिजयी भएका छन् । आज सम्पन्न पहिलो खेलमा पोखरा राइनोजलाई हराउँदै ललितपुर प्याट्रिएट्स एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा ललितपुर ८ विकेटले विजयी भएको हो ।

खेलमा पोखराले दिएको १६७ रनको चुनौती ललितपुरले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा र्गयो । ललितपुरका लागि सुरुआती ब्याट्सम्यानहरु गौरव तोमरले सर्वाधिक ८२ रन जोड्दा जयकिसन कोल्सवालाले ५१ रनको योगदान दिए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो । प्रतियोगितामा ललितपुरको यो दोस्रो जित हो । पहिलो खेलमा विराटनगरसँग पराजित ललितपुरले त्यसपछि दुई खेल जित्दै अंकतालिकामा अग्रता लिएको छ ।

यसैवीच, प्रतियोगिताको दोश्रो खेलमा काठमाडौं किंग्स–११ ले विजयी सुरुआत गरेको छ । सोमबार भएको पहिलो खेलमा काठमाडौंले चितवन टाइगर्सलाई ६ विकेटले हरायो । प्रतियोगितामा चितवनको यो लगातार दोस्रो हार हो । खेलमा चितवनले दिएको १६१ रनको लक्ष्य काठमाडौंले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा र्गयो । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १९ ओभर ५ बलमा अलआउट हुँदै १६० रन बनाएको थियो ।

इपीएल क्रिकेटमा मंगलबार पनि दुई खेल हुनेछन् । मंगलबारको पहिलो खेलमा पारस खड्काको विराटनगर वारियर्स र कायल कोएट्जरको पोखरा राइनोज भिड्दा दोस्रो खेलमा पृथु बास्कोटाको चितवन टाइगर्सले शरद भेषावकरको भैरहवा ग्ल्याडिएटर्ससँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू