अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२ | Colorodo: 11:27

गुणस्तरीय शिक्षामा समान पहुँच कुनै पनि देशको समग्र विकासका लागि मात्र नभएर हरेक नागरिकको समानताका लागि पनि महत्वपूर्ण : सासंद मोहन आचार्य

बिआरटीनेपाल २०७५ मंसिर २४ गते ८:१२ मा प्रकाशित

सासंद मोहन आचार्यले आज नौ कुण्डगाउँपालिका वडा नं ३ पाटिखर्कमा आयोजित एक कार्यक्रमका वीच दुप्चेस्वोरी आधारभुत बिद्यालय भवनको र नौकुण्डगाँउपालिका ४को भञ्ज्याङ डाडामा आयोजित एक कार्यक्रम वीच नमूना आधारभूत विद्यालयको उद्घाटन गर्नु भयो।

विस। २०७२ सालको भुकम्पमा ध्वस्त भएको सो बिद्यालय  भवन गैरसरकारी संस्था रिकाडो मन्सानारिको आर्थिक सहयोग तथा एसीया अनलुस र कृषिबन प्रतिष्ठानको प्राबिधिक सहयोगमा निर्माण सम्पन्न भएको हो।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले विद्यालयका सबै कक्षामा पूर्णक्षति भएपछि विद्यार्थीहरु अस्थायी टहरामा बसेर पठ्न बाध्य थिए।

विद्यालयमा २ सय ४८ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन्।

विद्यालयलाई नयाँ भवन सहित सहायता सामग्री प्राप्त भएकाले शिक्षकरुमा मनोबल वृद्धि हुनाका साथै विद्यार्थीमा पनि पठ्ने उत्साह बढेको विद्यालयका प्रधान अघ्यापक दावा तामाङले बताउनुभयो । विद्यालयमा अहिले पक्की भवन निर्माण भएसँगै विद्यार्थी भने दङ्ग छन ।

भवनसहितको संरचना र भौतिक सामग्री समेत सासंद आचार्यले विद्यालय प्रशासनलाई हस्तान्तरण गर्नु भयो।

एक करोड पचहत्तर लाख रुपैयाँको आर्थिक लगानीमा दश कोठे दुईवटा पक्कि भवन निमार्ण गरिएको हो ।

यसैगरि दुई वटा शौचालय,सोलार बत्ति र विद्यालयलाई आबस्यक फर्निचर समेत संस्थाले उपलब्ध गराएको छ ।

यसैगरि सोहि संस्थाले नौकुण्ड गाँउपालिककै चार वडामा रहेको नमुना प्राथमिक बिद्यालयको चार कोठे पक्किभवन पचहत्तर लाख रुपैयाँको लगानीमा निमार्ण गरि हस्तान्तरण गरेको हो ।

इटालियन रिकाडो मन्सानारिको आर्थिक सहयोग तथा एसीया अनलुस र कृषिबन प्रतिष्ठानको प्राबिधिक सहयोगमा  जिल्लामा चार वटा विद्यालयको पुनःनिर्माण र विद्यालयका लागि आवश्यक सामग्री व्यवस्थापन गरिएको छ।

कार्यक्रममा सासंद आचार्यले देश विकासका लागी शैक्षिक जनशक्ति को आबश्यक्ता रहेकाले गुणस्तरिय शिक्षा प्रदान गर्न आग्रह गर्नु भयो। गुणस्तरीय शिक्षामा समान पहुँच कुनै पनि देशको समग्र विकासका लागि मात्र होइन हरेक नागरिकको समानताका लागि पनि महत्वपूर्ण पक्षका रुपमा रहेको सासंद आचार्यको भनाई थियो । एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रको समुन्नत विकासका लागि शिक्षा आबश्यक रहेको भन्दै उहाँले एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आबश्यक छ भन्नु भयो ।

आफु संबृघ्द रसुवा निर्माणका लागी कृयाशिल रहेको भन्दै सासंद आचार्यले निर्वाचनका क्रममा व्यक्त प्रतिबध्दताहरुलाई  पुरा गर्न काम भैरहेको बताउनु भयो।

छिट्टैनै सबै वडाहरु सडक संञ्जाल मार्फत जोडिने उहाँले बताउनु भयो।

प्रदेश नंम्बर तिनका सासंदहरुप्रेम तामाङ र प्रभात तामाङले शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो भन्नु हुदै  अशिक्षाको कारणले गर्दा अहिले लाखौँ नेपाली युवाहरु बिदेशीन बाध्य भएको बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू