अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६ | Colorodo: 09:51

सेल्फी खिच्न लाग्दा फेवातालमा डुवेर एकजना बेपत्ता, खोजी कार्य जारी

बिआरटीनेपाल २०७५ मंसिर २४ गते २:०४ मा प्रकाशित

सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर एक जना बेपत्ता भएका छन ।

पोखरा घुम्न आएका काठमाडौंका रोशन श्रेष्ठ डुंगा सयर गर्दै तालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा खसेर बेपत्ता भएका हुन् ।

दिदी रोशनीसँग उनी पोखरा आएका थिए । सेल्फी खिच्नकै लागि उनले लाइफ ज्याकेट समेत फुकालेका थिए ।

अहिले प्रहरीको रेस्क्यु टिमले खोजीरहेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू