अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

लिपिस्टिक र स्किन क्रिममा ७३ प्रतिशत हानिकारक रसायन

बिआरटीनेपाल २०७५ मंसिर २४ गते ०:१९ मा प्रकाशित

सुन्दर बन्ने रहर कसलाई नहोला ? विशेषगरी अनुहारको सुन्दरताको लागि मानिहरु मरिहत्ते नै गर्छन् । जसका लागि जुनसुकै मुल्यका जुनसुकै क्रिम लगाउन पनि पछि पर्दैनन् । तर विज्ञहरुका सुन्दर देखिन अनुहारमा लगाइने अधिकांश सामग्रीमा केमिकलको मात्रा अध्याधिक हुन्छ । एक अध्ययनका अनुसार  लिपिस्टिकमा ७३ प्रतिशत र स्किन क्रिममा ७० प्रतिशतसम्म हानिकारक रसायन छ ।

गुणस्तर तथा नापतौल विभागले गरेको अध्ययन अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कस्मेटिक सामीमा सिसा, मर्करी, क्रोमिएम, टिटानियमको मात्रा मापदण्डभन्दा बढी पाइएको छ । डब्लुएचओले मर्करीको मात्रा १ पीपीएम मात्रै तोकेको छ । विभागले परीक्षण गर्दा १३ हजार ९ सय ५४ पीपीएसम्म भेटिएको छ । पपया, लोटस, ओले, नेपाली ब्रान्ड सोनाटा, डेकोर, न्यू लुकलगायतमा मापदण्डभन्दा बढी रसायन पाइएको हो । विभागका अनुसार, यस्तो सौन्दर्य सामग्रीको प्रयोगले प्रजनन क्षमता घटाउनेदेखि क्यान्सरसम्म हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू