अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४० | Colorodo: 10:55

सेन्ट लुइस मिजौरीमा नारायण गोपाल स्मृति कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ मंसिर २३ गते १३:२९ मा प्रकाशित

सेन्ट लुइस मिजौरी, अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा डिसेम्बर ८ तारिखका दिन स्वर सम्राट् नारायण गोपालको २९ औ स्मृति दिवसको अवसरमा “नारायण गोपाल स्मृति कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता साथै सञ्चालन मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले गर्नु भएको थियो । 

कार्यक्रममा स्वर सम्राट् नारायण गोपालको तस्बिरमा माल्यापर्ण र दीप प्रजवलन गरी औपचारिक रूपमा सुरुवात गरिएको थियो । यस कार्यक्रममा पहिलो गीत “म मरे पनि मलाई मेरो देशको माया छ भन्ने” देशभक्ति गीत उपस्थित केही सहभागीहरूले सामुहीक रूपमा उत्साहित भई गायन-बजाना साथ प्रस्तुत गरिएको थियो ।

यस कार्यक्रममा स्वर सम्राट् नारायण गोपाल सम्बन्धी विशेष चर्चा-परिचर्चा सहित वहाँको जीवनी साथै वहाँद्वारा गाइएका दर्जनौँ गीतहरू (एकल र सामुहीक दुवै) उपस्थित सहभागीहरूले गाउनुका साथै मादल, गितार अनि हार्मोनियम जस्ता बाजाहरू पनि बजाएर कार्यक्रम निकै रोचक बनाएका थिए ।

“नेपाली भाषाको जगेर्ना र नेपाली पहिचान बचाउने” उदेस्यले सञ्चालित यस्ता कार्यक्रमहरू अनेसास मिजौरी च्याप्टरबाट निरन्तर कोशी़श जारी हुने समेत कुराको सबैमा सहर्ष जानकारी गराउँदै उपस्थित सहभागीहरूलाई मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषी धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको अन्तमा दिवा भोजको व्यवस्था पनि गरिएको थियो । भोजमा केही स्वर सम्राट् नारायण गोपालको मन पर्ने खाना “मेथीको अचार” जस्ता खानाहरू पनि समावेश थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू