अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

नयाँ वर्ष २०१९ मा अस्टिनमा कालीप्रसाद बासकोटा साङ्गीतिक साँझ हुने

बिआरटीनेपाल २०७५ मंसिर २३ गते १२:२८ मा प्रकाशित

यही आउँदो नयाँ वर्ष २०१९ को उपलक्ष्यमा टेक्ससको अस्टिन सहरमा काली प्रसाद बासकोटाको साङ्गीतिक साँझ हुने भएको छ ।

नेपाली गीत सङ्गीतका पारखीहरूका लागि नामै काफी छ काली प्रसाद बासकोटा । सानै उमेरबाट साङ्गीतिक यात्राको शुभारम्भ गरेका गायक तथा सङ्गीतकार काली प्रसाद बास्कोटाकोे औपचारिक साङ्गीतिक यात्रा भने सन् २००७ भएको हो । गायिका शशि रावलको स्वर र काली प्रसाद बास्कोटाको शब्द, सङ्गीतमा तयार भएको गीत “चाहना सकियो” बाट नेपाली साङ्गीतिक नक्षत्रमा एक सफल गायक तथा सङ्गीतकारको रूपमा उदाएका थिए बासकोटा ।

त्यसपछि उनको गीत “लैजा रे” ले कालीलाई झनै चर्चाको शिखरमा पुर्‍यायो । २४ अप्रिल २०१५ मा आएको नेपाली चलचित्र रेसम फिलिलिबाट उनले गायकको रूपमा डेब्यु गरे । काली र मानस राजको शब्द, कालीको सङ्गीत र स्वरमा रहेको गीत “जालमा” ले उनलाई एक सफल गायकको रूपमा पनि स्थापित गरायो । त्यस पछि उनका गीतहरू सबै हिट भएका छन् । साथै उनी गत दुई वर्ष देखी नेपाल आइडलको जजको रूपमा छन् । 

कार्यक्रमको आयोजना नमो नमस्ते इन्टरटेन्मेन्टले गर्दैछ । उक्त साङ्गीतिक साँझका योजनाकार सुवास थापाले बिआरटी नेपाललाई दिएको जानकारी अनुसार नेपालका चर्चित गायक तथा सङ्गीतकार काली प्रसाद बासकोटाले अस्टिनलाई नचाउने भएका छन् । नयाँ वर्ष २०१९ को उपलक्ष्यमा यही जनवरी ५ मा टेक्सस राज्यको अस्टिन सहरमा हुन लागेको कार्यक्रममा न्यु योर्कका डी जे सूर्यको पनि प्रस्तुति हुनेछ । साथै स्थानीय कलाकारहरूको पनि प्रस्तुति हुने भएको छ । कार्यक्रमको सञ्चालन विनीता खड्का थापाले गर्ने भएकी छन भने कार्यक्रमको को-अर्डिनेटर द्वय प्रिन्स भट्ट र सानोद कुवार छन् ।

कार्यक्रमका योजनाकार सुवास थापा नेपाली चलचित्रका नायक हुन । उनको पछिल्लो चलचित्र “बिर्खेलाई चिन्छस”ले दर्शकको न्यानो माया पाएको थियो । उनका अन्य चलचित्रहरुमा फेसबुक (२०१२), ब्रेक फेल (२०११) र कोही मेरो (२०१०) मा आफ्नो अभिनयको कुशलता देखाइ सकेका छन् । उनले अमेरिका आएर पनि आफ्नो कलालाई निरन्तरता दिइरहेका छन् । गत अप्रिल २०१८ मा उनले अशिश श्रेष्ठको निर्देशनमा “अर्थक्वेक” (Earthquake | Nepali Short Film) नामको छोटो चलचित्रमा अभिनय गरेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू