अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

चलचित्र प्रसादको आक्रामक व्यापार, दर्शकको मन जित्यो

बिआरटीनेपाल २०७५ मंसिर २३ गते ८:४८ मा प्रकाशित

चलचित्र ‘प्रसाद’ले आक्रामक व्यापार शुरु गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको प्रसादलाई मल्टिप्लेक्सले उपलव्ध गराएका शोहरु हाउस फूल देखिएका छन् । आक्रामक बुकिङका कारण क्यूएफएक्सले शो समेत थप गरेको छ ।  ल्टिप्लेक्सको ठूलो च्यानल क्यूएफएक्सले शुरुमा १२ शो दिएको भएपनि शो बढाउँदै १६ पुर्याएको छ । वितरकका अनुसार आक्रामक बुकिङ र अक्सर शो हरु हाउसफूल भएका कारण शोहरु थपिएको हो ।

यता सिंगल थियटरमा समेत प्रसाद आक्रामक देखिएको छ । राजधानीका गोपीकृष्ण, अष्टनारायण लगायतका हलहरुमा दर्शकको चाप उच्च भएको जानकारी प्राप्त भएको छ । राजधानी बाहिर पनि प्रसाद अधिकांश हलहरुमा हाउसफूल भएको छ । शुक्रबारको तुलनामा शनिबार प्रसादको व्यापार थप आक्रामक देखिएको छ । सार्वजनिक विदा र माउथ पव्लिसिटीका कारण पनि शनिबार प्रसाद हेर्न दर्शकको चाप उच्च देखिएको हो ।

दिनेश रातउले निर्दे्शित चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । शनिबार बिहान कलाकार नम्रता श्रेष्ठ, निर्देशक राउत, निर्माता सुभाष थापा सहितको टिम राजधानीका केही हलहरुमा पुगि दर्शकको प्रतिक्रिया लिएको छ । जहाँ दर्शकबाट प्राप्त प्रतिक्रियाले निर्माण टिम निकै उत्साहित देखिएको छ । दर्शकले चलचित्रको विषय वस्तु, प्रसतुति अनि कलाकारको कामको खुलेरै तारिफ गरेका छन् । केही दर्शकले आँसु थाम्न नसकेको जनाएका छन् । शुशिल पौडेलको लेखन र्हेको चलचित्रमा बिपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू