अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

राष्ट्रपतिद्धारा कर्मचारी समायोजन अध्यादेश जारी

बिआरटीनेपाल २०७५ मंसिर २३ गते ८:४२ मा प्रकाशित

कर्मचारी समायोजन अध्यादेश जारी भएको छ । मन्त्रिपरिषदको नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ आइतबार जारी गर्नुभएको हो ।

अध्यादेश जारी भएपछि प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रियाको बाटो खुलेको छ । कर्मचारी समायोजनमा जान आलटाल गरेपछि समस्या देखिएको थियो । यस अघि सरकारले कर्मचारी समायोजन ऐन ल्याएको थियो ।

कर्मचारी समायोजन ऐन २०७४ बाट कर्मचारी समायोजन हुन नसकेपछि सरकारले समायोजन अध्यादेश २०७५ ल्याएको हो । अध्यादेशमा स्थानीय तह र प्रदेशमा जाने कर्मचारीको एक तह बढुवा गर्ने प्रावधान लागायतका सुविधा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू