अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै महिला संघले माग्यो गृहमन्त्रीको राजीनामा

बिआरटीनेपाल २०७५ मंसिर २३ गते ८:३९ मा प्रकाशित

नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजीनामा माग गरेको छ । आइतबार राजधानीमा नेपाल महिला संघले पत्रकार सम्मेलन गरेर निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेको हो ।

कार्यक्रममा संघकी महासचिव तथा राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका वास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको आरोप लगाउनुभएको छ । निर्मला पन्तको हत्या सामान्य खानदानको मानिसले नगरेको उहाँको दाबी छ ।

साथै संघले सरकार विवादित एसियन प्यासिफिक समिटमा भाग लिएकोप्रति पनि आपत्ति जनाएको छ । नेपाल सनतान धर्मको ऐतिहासिक पृष्ठभूमिको देश भएको भन्दै सांसद खतिवडाले व्यक्ति जुनसुकै कार्यक्रम र सभामा सहभागी हुन पाउँने तर सरकार नै विवादित धार्मिक संस्थाको आयोजक बन्नु जायज नरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू