अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

कांग्रेसमा देउवाविरुद्ध एकजुट हुदै इत्तर पक्ष, विधानका बटम लाइन तय

बिआरटीनेपाल २०७५ मंसिर २३ गते ८:३७ मा प्रकाशित

नेपाली कांग्रेसको संस्थापनइत्तर पक्षले विधानका विषयमा आफ्नो बटम लाइन स्पष्ट पारेका छन् । आज साँझ हुने संस्थापन पक्षसँगको बैठकअघि इतर समूहको नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको बैठकले विधानमा आफ्नो बटम लाइन तय गरेको हो । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पुन बस्दैछ ।

त्यसअघि नै विधानमा दुवै पक्षबीच सहमति कायम गराउने प्रयास भएको हो। गत मंसिर ९ गतेको केन्द्रीय बैठकमा पेश भएको नेपाली कांग्रेसको विधानको मस्यौदाका केही विषयमा नेताहरुबीच फरकफरक धारणा छन् । संस्थापनइतर समूहका नेताहरुले भने पदाधिकारीको संख्या बढाउने, निर्धारित केन्द्रीय सदस्यको प्रतिशत बढाउने लगाउने विषयमा समान धारणा तय गरेका छन् ।

पदाधिकारीको संख्या बढाउनुपर्ने र ती सबै निर्वाचित हुनुपर्ने संस्थापन इतर पक्षका नेताहरुको समान धारणा छ । त्यस्तै, ८५ प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने र १५ प्रतिशत मात्रै मनोनित गर्नुपर्ने, प्रस्तावनालाई फरक ढंगले लेख्ने लगायतका विषयमा पनि उनीहरुबीच मतैक्य छ । संस्थापन पक्षका नेताहरु पनि पदाधिकारीको संख्या बढाउन सहमत नै देखिन्छन् । तर उनीहरुको जोड भने मनोनितको संख्या बढी बनाउनेतिर देखिएको छ ।

संयुक्त बैठकबाट एउटा निकास निस्कने अपेक्षा नेताहरुको छ । मंसिर २८ देखि पुस ३ सम्म कांग्रेसको महासमिति बैठक बस्दैछ । सो बैठकले नयाँ विधान पारित गर्ने छ । बैठकमा सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा. शेखर कोइराला, अर्जुन नरसिंह केसी, डा. मिनेन्द्र रिजाल, गगन थापा, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, कमला पन्तलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू