अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

फोरमको महाविधेशन सर्यो, बैशाख अन्तिम साता जनकपुरमा हुने

बिआरटीनेपाल २०७५ मंसिर २३ गते ८:३६ मा प्रकाशित

संघीय समाजवादी फोरम, नेपालको प्रथम राष्ट्रिय एकता महाधिवेशन तयारी नपुगेको भन्दै तीन महिनापछि सरेको छ । माघ २८ देखि ३० गतेसम्म गर्ने भनिएको महाधिवेशन आवश्यक तयारी नपुगेको भन्दै सार्ने निर्णय गरेको हो । फोरमको आइतवार वसेको केन्द्रीय समितिको वैठकले महाविधेशन गर्ने तयारी नपुगेकोले माघबाट तीन महिना पर आगामी वैशाख २८ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवं केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । बैठकले महाधिवेशन जनकपुरधाममा गर्ने पनि निर्णय गरेको छ ।

वैठकले महाधिवेशन अघि प्रदेश र स्थानीयतहको अधिवेशन सम्पन्न गर्न सम्बन्धित प्रदेश, जिल्ला र कमिटिहरुलाई निर्देशन समेत दिएको छ । उहाका अनुसार महाधिवेशनका लागि सदस्यता नवीकरण २०७५ माघ २५ गतेसम्म गरिसक्नुपर्ने, तदर्थ समिति नबनिसकेका ठाउँहरूमा पुस १५ गतेसम्म बनाईसक्नु पर्नेछ, वडा, गाउँ, नगरपालिका, उपमहानगर र महानगरपालिकाहरूको अधिवेशन आगामी फागुन २५ गतेसम्म सम्पन्न गरिसक्नु पर्नेछ ।

यसैगरी प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला समन्वय समितिरूको गठन आगामी चैत्र ५ गतेसम्म र प्रदेश अधिवेशन चैत्र २० गतेसम्म सम्पन्न गरिसक्ने साथै कृयाशील सदस्यता नवीकरण विवरण फागुन १० गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने नवीकरण वापतको शुल्क पनि बुझाउन बैठकले निर्णय गरेको उहाले जानकारी दिनुभयो । पार्टीको नीति, कार्यक्रम, वर्तमान राजनीतिक सन्दर्भमा पार्टीको भूमिका लगायतका आवश्यक बिषयहरुमा सातवटै प्रदेशमा प्रशिक्षण गर्ने समेत निर्णय गरेको छ । अशोक राईको संघीय समाजवादी पार्टी र उपेन्द्र यादवको मधेशी जनअधिकार फोरमबीच एकतापछि पहिलो पटक महाविधेशन हुदै छ । अहिले उक्त पार्टीमा यादव अध्यक्ष र राई वरिष्ठ नेता रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू