अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

जोन केलीले यही वर्षको अन्त्यसम्ममा राजीनामा दिनेः राष्ट्रपति डोनाल्ड ट्रम्प

बिआरटीनेपाल २०७५ मंसिर २३ गते ८:३१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले यही वर्षको अन्त्यसम्ममा पदबाट राजीनामा दिने बताउनुभएको छ । पछिल्लो समय जोन केलीसँग सम्बन्ध विग्रँदै गएपछि राष्ट्रपति ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो । यसअघि हेल्मण्ड सेक्युरिटी विभागको प्रमुख रहेका केलीलाई राष्ट्रपति ट्रम्पले त्यहाँबाट राजीनामा गर्न लगाएर चिफ अफ स्टाफ बनाउनुभएको थियो ।

तर अहिले उहाँहरुबीच बोलचालसमेत बन्द रहेको बताइएको छ । राष्ट्रपति ट्रम्पले आगामी दुई÷तीन दिनमै भावी चिफ अफ स्टाफको नाम सार्वजनिक गर्ने समेत बताउनुभएको छ । यसअघि पनि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ परिवर्तन गर्नुभएको थियो ।

प्रतिक्रिया