अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कियो, १ हजार प्रदर्शनकारी नियन्त्रणमा

बिआरटीनेपाल २०७५ मंसिर २३ गते ८:२९ मा प्रकाशित

फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच पेरिसमा झडपसमेत भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र टियर ग्यास प्रहार गरेको छ ।

देशभर चर्किंदै गएको प्रदर्शनका क्रममा प्रहरीले करिब १ हजारलाई नियन्त्रणमा लिएको छ । पछिल्लो समय पेरिसमा भएको प्रदर्शनका क्रममा तीन जना प्रहरी अधिकृतसहित कम्तिमा १ सय २६ जना घाइते भएका छन् । पहेंलो जर्सी लगाएर प्रदर्शनमा उत्रिएकाहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेका छन् ।

शनिबार देशभर भएको प्रदर्शनमा सवा १ लाखभन्दा बढी मानिस सहभागी भएको बताइएको छ । यसमध्ये १० हजारभन्दा बढीले राजधानी पेरिसमा जम्मा भएर प्रदर्शन गरेका थिए । तर सरकारी अधिकारीहरुले प्रदर्शनमा अति हिंस्रक तत्वको प्रवेश भएको बताएका छन् ।

फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपेले प्रदर्शनमा घुसपेठ भएको बताउनुभएको छ । उहाँले विवाद समाधान गर्न सरकार तयार रहेको भन्दै प्रदर्शनकारीहरुलाई संवादबाटै समस्याको समाधान खोज्न आग्रह गर्नुभयो । उहाँले देशका सबै नागरिक एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू